४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कोशी ब्यारेजका फिस ल्याडर नखोल्दा डल्फिनको विचरण र प्रजननमा अवरोध

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालन नगर्दा डल्फिनलगायतका जलचरको विचरणमा अवरोध भएको छ। 

जलचरहरुको आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले यस्ता बाँधहरुमा फिस ल्याडर बनाइन्छ। जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा दूर्लभ जलचर डल्फिन कोशी ब्यारेज पारी जान त सक्छन फिर्ता आउन सक्दैनन्। 

जलचर प्राणी (डल्फिन, गोही, माछालगायत) ब्यारेज वारपार गर्ने २ वटा बाटा छन्। कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पारी गर्न पाएका छैनन्। जलचर नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए। उनले हाल डल्फिन, माछा, घडियाल गोही लगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको बताए। ४०/५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छन्। 

फिस ल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन्। निर्माण भएको १/२ वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन्। केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए। जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन्। डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए। 

उनले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको बताए। फिस ल्याडर सञ्चालनमा आए डल्फिन र माछा कोशी वारपार गर्नसक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उनले जानकारी दिए। नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द छ।

प्रकाशित: २४ असार २०७९ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App