संसदीय समितिमा बलात्कारसम्बन्धी घटनाको मुद्दामा दुईथरी हदम्याद प्रस्ताव गर्ने सहमति भएकाे छ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले बालबालिका तथा अपांगता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा ३ वर्षसम्मको हदम्याद प्रस्ताव राख्ने सहमति जुटेकाे हाे।
समितिको आज बसेकाे बैठकले नाबालिकको हकमा बालिग भएका ३ वर्षसम्म अर्थात २१ वर्षको उमेरसम्म बलात्कारको मुद्दाको हदम्याद हुने प्रस्ताव गरेको छ। अन्य बालिग महिलाले भने घटना भएको २ वर्षभित्र उजुरी दिन सक्ने समितिका सभापति कृष्णभक्त पोखरेलले बताए।
हाल १ वर्षको हदम्याद छ। सरकारले ल्याएको विधेयकमा हदम्यादको व्यवस्था यथावत् थियो। महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग गर्दै आएका थिए।
प्रकाशित: २४ असार २०७९ ०८:४० शुक्रबार