४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय  कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहेकाे निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले जानकारी दिए।

समितिबाट औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो। उत्पादन बन्द भएपछि समितिका कर्मचारीले चार महिनादेखि तलब समेत पाएका थिएनन्। यादव कार्यालयमा हाजिर भएको एक सातामा त्रिफलाबाट गत शुक्रबारदेखि औषधि उत्पादन सुरु गरिएको छ।

कर्मचारीले आइतबार नै चार महिनाको तलब पनि पाएका छन्। बाँकी समस्या समाधान गरी कार्यालयलाई सुव्यवस्थित रुपमा अघि बढाउन सुझावसहितको प्रतिवेदन दिने म्यान्डेट कार्यदललाई दिइएको छ। कार्यदललाई असार अन्तिमसम्म प्रतिवेदन बुझाउने समय दिइएको पनि निमित्त कार्यकारी निर्देशक यादवले सुनाए। रासस

प्रकाशित: २० असार २०७९ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App