२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर महिलाको मृत्यु

जिल्लाको काठेखोला गाउँपालिका-४ तंग्राममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

तंग्रामको फापरखेतस्थित आफ्नै घरको भान्छामा बसिरहेकी गजेन्द्र पुनकी श्रीमती २८ वर्षीया सुस्मा पुनको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

चट्याङबाट घाइते भएकी सुस्मालाई धौलागिरि अस्पताल बागलुङमा ल्याएर उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।

प्रकाशित: १५ असार २०७९ ०२:११ बुधबार

काठेखोला गाउँपालिका जिल्ला प्रहरी कार्यालय बागलुङ