चितवनको पृथ्वी राजगमार्गमा खसेको सख्खा पहिरो हटाएपछि राजमार्ग सुचारु भएको छ।
ईच्छाकामना गाउँपालिका ४ पृथ्वी राजमार्ग स्थित नाग्दी खोलामा आज दिउँसो २ बजे माथिबाट सुक्खा पहिरो खस्दा बाटो दुई तर्फी अवरोध भएको थियो।
सो पहिरो हटाएपछि दिउँसो ३ बजेदेखि सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सो ठाउँमा आज १२.१०मा पनि सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सो पहिरो हटाएपछि सडक सुचारु भएको ५ मिनेटपछि पुनः पहिरो खसेको हो।
प्रकाशित: १२ असार २०७९ ११:३२ आइतबार