१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आजको मौसम : हल्कादेखि मध्यम वर्षा

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ।

आइतबार सामान्यदेखि पूर्ण बदली रही देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस छ।

प्रकाशित: ११ असार २०७९ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App