५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पेट्रोलिम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै सडक जाम

सरकारले पेट्रोलियम पदार्थ (इन्धन)मा गरेको मूल्य वृद्धिको विरोध गर्दै सोमबार विराटनगरमा यातायात व्यवसायीले सडक जाम गरेका छन्।  

कोसी राजमार्गअन्तर्गत विराटनगरस्थित राजवंशी चोक र दुध फाराम चोकमा सवारी साधन सडकमा तेर्साएर जाम गरेका हुन्। पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा उत्रेका म्याजिक भेन र तीन चेक्क टेम्पो यातायात व्यवसायीले सडक जाम गर्दै मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका थिए। उनीहरुले सडक जाम गरेपछि केही समय कुनै पनि सवारी साधन चल्न सकेन। म्याजिक भेन र टेम्पो चालकहरु मूल्य वृद्धिको विरोधमा उत्रे पनि अन्य कुनै पनि सार्वजनिक सावरीहरु आन्दोलन नगरी सञ्चालन गरेका थिए। 

सडक जाम गर्दै आन्दोलनमा उत्रेका यातायात व्यवसायीलाई प्रहरीले बल प्रयोग गर्दै सडक अवरुद्ध हटाएको थियो। त्यस क्रममा प्रहरीले केही सवारी चालक र गाडीलाई नियन्त्रणमा लिएर स्थिति सामान्य भएपछि छाडेको थियो। इन्धनमा मूल्य वृद्धि हुँदा सवारीका साधन सञ्चालन गर्न सक्ने अवस्था नभएको उनीहरुले बताए।  

यातायात व्यवसायीहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्ने प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतलाई ज्ञापनपत्र बुझाए।

प्रकाशित: ६ असार २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App