४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली राजमार्गको अवस्था नाजुक

कर्णाली राजमार्गको दैलेख खण्डमा खहरे खोलाले गरेको अवरुद्ध हटाएपछि गन्तब्यतिर जाँदै सवारीसाधनहरु। तस्बिर: गोविन्द/नागरिक

साँगुरो, अप्ठ्यारो र दुर्घटना स्थलको रुपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा वर्षेनी जोमिख बढीरहेको छ। राजमार्ग टालटुल बाहेक स्तरउन्नतीमा बजेट कम हुँदा वर्षातमा गाडी गुड्नै सकस हुने गरेको हो। 

जसले गर्दा कर्णालीबासीहरुले वर्षेनी सास्ती ब्यर्होनु परेको छ। पुरै राजमार्ग प्राय साँगुरो भएकाले सामान्य वर्षातमा पनि पहिरोले तिन चार दिनसम्म अवरुद्ध हुने गरेको छ। टालटुल बजेट विनियोजनभन्दा पनि सडक चौडा र स्तरउन्नीमा सरकारले कर्णाली राजमार्गमा ध्यान दिनुपर्ने सडक डिभिजन कार्यालयका ईन्जिनियरहरु बताउँछन्।

राजमार्गको दैलेख खण्ड प्रवेशसंगै हिउँदमा धुलो, वर्षातमा सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरु चल्ने गर्छन्। पहिरो आएका बेला यहाँ हप्तादिनसम्म सवारी साधन चल्दैनन्। पहाडबाट आउने पानीका खहराहरुले ढुंङ्गा माटो बगाएर सडकमै थुपार्दा राजमार्ग जिर्ण अवस्थामा रहेको छ। वर्षातले ठाँउठाँउमा कालोपत्रे समेत बगाएको छ। खहरेले बगाएर ल्याएको माटो ढुंगामाथि गाडी चढाउँदा दुर्घटना जोखीम पनि उत्तिकै छ। 

राजमार्गको धेरै जसो ठाँउ हिलो र पहिरोले सडक क्षतविक्षत अवस्थामा पुगेको छ। थोरै र झिनो बजेटमा मर्मत सम्भारको काम भईरहेको  छ। राजमार्गका धेरै स्थानहरुमा पुलविनाका खहरे खोलाहरुका कारण बर्षातमा राजमार्गलाई चुनौती थपिने गरेको हो। सुर्खेतबाट जुम्ला यात्रा गर्नेहरु निकै सास्तीपूर्ण यात्रा गरेर गन्तब्यमा पुग्ने गरेको रार्कमका व्यवसायी नैनबहादुर शाहीले बताए। ‘बर्खायामसंगै राजमार्गमा कतै न कतै पहिरोले रोकेकै हुन्छ। व्यवासायी शाहीले भने, सडकमा पिचभन्दा नी खाल्डाखुल्डी बढी छन्।’

२ सय ३६ किलोमिटर कर्णाली राजमार्ग दुई खण्डमा विभाजन गरिएको छ। दैलेखको दहिखोलाबाट जुम्लासम्म १ सय ४ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाले हेर्छ भने, दहिखोलादेखी सुर्खेत (बांगेसिमल) सम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आईरहेको छ। मुख्य गरि वर्षातमा गोठखोला, घट्टे खोला, सेरी घाट, पिलि, रारालिहिमा पहिरो र टाकुल्ला खोला र जाक्सी खोलामा बाढीले सडक अवरुद्ध पार्ने गर्दछ। राजमार्गमा प्राय पुलहरु बनिसकेका छन्।

कर्णाली राजमार्गको स्तरउन्नती शिर्षकमा गत वर्ष बजेट नै नआएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सडक क्षतविक्षत अवस्थामा हुँदा समेत बजेट नआउनुले सडकको अवस्था झन नाजुक छ। राजमार्ग साँगुरो हुनु नै प्रमुख समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी (ईन्जिनियर) राजु पौडेलले बताए। ‘बढी पिचभन्दा पनि राजमार्ग चौडा गर्नुपर्छ।’ सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर पौडेलले भने,  राजमार्ग चौडासंगै स्तरउन्नती संगसगै हुनुपर्छ।’ यो वर्ष रत्न राजमार्ग अन्र्तगत हर्रेदेखी कर्णाली राजमार्गको दहिखोलासम्म ५ करोड राजमार्ग स्तरउन्नती शिर्षकमा झिनो बजेट आएको छ। 

जसबाट सडक चौडा, कालोपत्रे, नाली, वाल आदिको काम भईरहेको सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले बताए। ‘राजमार्ग स्तरउन्नतीको लागि बजेट कम आउने गर्दछ।’ ईन्जिनियर शर्माले भने, सडक बोर्डबाट मर्मतको लागि आएको रकम कालोपत्रे टालटुल र सुपरभाईजरका लागि खर्च हुन्छ।’ सडक विग्रीएको ठाउँमा खाल्डाखुल्डी पुर्ने, कल्र्भट गराएको, पानी धेरै आउने ठाउँलाई विशेष प्राथमिकता दिएर काम गरेका ईन्जिनियर शर्माले बताए। ‘कर्णाली राजमार्ग आसपासका प्रहरीहरुलाई वर्षात अवधिभर सर्तक अवस्थामा रहन भनेका छौं।’ दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले भने, राजमार्गमा बाढीपहिरो आए तत्काल टोली खटिनेछ।’

प्रकाशित: ५ असार २०७९ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App