१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सांसद बानियाँविरुद्ध थप उजुरी

जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्।

बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ। बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन्। उनीविरुद्ध पछिल्लोपटक पाँच लाखको बैंकिङ कसुरको मुद्दा दायर भएको छ।  

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार जेठ १९ गते प्रहरीमा दायर मुद्दामा सांसद बानियाँविरुद्ध बाँके प्रहरीले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ। एसपी अधिकारीका अनुसार बाँके प्रहरीले मुगु प्रहरी र काठमाडौंको बानेश्वर प्रहरीलाई पक्राउ पुर्जी पठाइसकेको छ। सांसद बानियाँ बिहीबारको प्रतिनिधिसभा बैठकमा सहभागी थिए। तर बानियाँ यो समाचार तयार पर्दासम्म पक्राउ परेका छैनन्।

पीडित भने प्रहरीले अहिलेसम्म उनलाई नभेटेको बताउने गरेको दुःखेसो गर्छिन्। एमालेबाट सांसद रहेका बानियाँ संसद् बैठकमा रहेको आफूले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको तर प्रहरीले नभेटिएको बताउनु गैरजिम्मेवारी रहेको पीडित महिलाले बताएकी छन्।

प्रकाशित: ३ असार २०७९ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App