४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङ जिससका पदाधिकारी तथा सदस्यहरुद्वारा शपथ ग्रहण

ताप्लेजुङ जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार शपथग्रहणसँगै पदभार ग्रहण गरेका छन्। 

समन्वय समितिका प्रमुख छिरिङ लामा र उपप्रमुख कृष्णप्रसाद लिङखिमले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्। जिससका नवनिर्वाचित सदस्यहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुवेदीको नेतृत्वमा रहेको प्रशासनिक टोलीले प्रमुख लामा,उपप्रमुख लिङखिम र ७ जना सदस्यहरुलाइ जिल्ला समन्वय समितिमा स्वागत गरे। 

बुधवारै जिल्ला समन्वय समितिको कार्यकारी बैठक समेत गरिएको निमित्त जिल्ला समन्वय अधिकारी सुबेदीले जानकारी दिए।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथग्रहण  

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले सोमवार जिल्ला समन्वय समिति प्रमुख लामालाइ शपथग्रहण गराएको छ। मुख्य निवाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले नवनिर्वाचित समन्वय समिति प्रमुख लामालाइ पद तथा गोपनियताको शपथग्रहण गराए। 

त्यसपछि समन्वय प्रमुख लामाले उपप्रमुख लिङखिम तथा सदस्यहरु क्रमशःरवीन्द्रकुमार वनेम,सन्तोष राई,बिष्णुप्रसाद तिवारी,हेमन्ता मिश्र पौडेल,चन्द्रकला दाहाल कडरिया,सविता लिङदेन र भूपाल मादेनललाइ शपथग्रहण गराएका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथग्रहण सकिए लगत्तै निमित्त जिल्ला समन्वय अधिकारी सुवेदीको नेतृत्वमा रहेको प्रशासनिक कर्मचारीको टोलीले समन्वय प्रमुख,उपप्रमुख र सदस्यहरुलाइ पदबहालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत परिसर)बाट जिल्ला समन्वय समिति सम्म लिएर गएको थियो। 

मंगलबार भएको निर्वाचनबाट नेकपा एसका जिल्ला अध्यक्ष समेत रहेका लामा र ७ सदस्य निर्वाचित भएका थिए भने उपप्रमुख लिङ्खिम निर्विरोध भएका हुन्। लिङ्खिम काँग्रेसका हुन्। ९ सदस्यमा समन्वय समितिका प्रमुख सहित नेकपा एसका २,उपप्रमुख सहित काँग्रेसका ५ र माओवादीका २ सदस्य निर्वाचित भएका छन्।

प्रकाशित: १ असार २०७९ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App