३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीको लालबन्दीमा मामालाई मार्ने भान्जा पक्राउ

सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो।

लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन्। बाँकस ओसार्ने क्रममा मामा र भान्जाबिच विवाद हुँदा भान्जाले मामालाई त्यहीँ बासको लट्ठीले प्रहार गरेका थिए।

भान्जाको लट्ठी प्रहारबाट गम्भीर घाइते भएका मामा अशोक विकलाई उपचारको लागि स्थानीय मोडल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ लैजाने क्रममा विकको बाटोमै मृत्यु भएको हो।  

मामामाथि लट्ठी प्रहार गरी मारेको अभियोगमा सर्लाही प्रहरीले रवि विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App