३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि बञ्चरेडाँडाका स्थानीयको अवरोध

बञ्चरे डाँडाका स्थानीय आज पनि फोहोर फाल्न नदिने भन्दै आन्दोलित भएका छन्। मंगलबार पनि स्थानीयवासीसँग समन्वय नगरि फोहोर ल्याएकाे भन्दै स्थानीयले अवरोध गरेका थिए। 

मंगलबार त्यहाँ फोहोर फाल्नको लागि प्रहरी परिचालन गरिएको थियो। प्रहरीले आफूहरुमाथि बल प्रयोग गरेको भन्दै आक्रोशित स्थानीयले आज फोहोर फाल्न नदिने अडान राखेका छन्। फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीयले बीचमै रोकेका हुन्।

सोमबार रातीको सम्झौतापछि काठमाडौंको फोहाेर बञ्चरेडाडाँमा फाल्ने सहमति भएको थियो। तर स्थानीयबासीले उक्त सम्झौता आफूहरुसँग नभएको भन्दै आफ्ना मागहरु अघि सारेपछि अवरोध सिर्जना भएको छ।

यता काठमाडौंका सडक गल्लीहरुमा करिब दुई सातादेखि फोहाेर उठ्न सकेको छैन। राजधानी दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ। सहरका सडक पेटीमा फालिएका फोहाेर कुहिन थालेका छन्। यसबाट सर्वसाधारणहरु प्रभावित भइरहेका छन्। कुनै पनि बेला स्वास्थ्यजन्य समस्या आउन सक्ने चेतावनी चिकित्सकहरुले दिइरहेका छन्।

सोमबार रातिको सम्झौतामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौंका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल ललितपुरकी उपमेयर मञ्जली शाक्यलगायत सम्बन्धित गाउँपालिका र नगरपालिकाका अध्यक्ष र मेयरहरु तथा पदाधिकारीहरु सहभागी थिए।

सम्झौता अनुसार बञ्चरेडाडाँमा फोहाेर खसालेपछि १५ सेन्टिमिटर अग्गो हुने गरी माटोले पुर्नुपर्ने, दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसमा १० दिनभित्र जैविक उपचारको विधि लागु गर्नुपर्ने, फोहाेर संकलन गर्दा त्यसको वर्गीकरण गर्नुपर्ने, बञ्चरेडाडाँमा फोहाेर फाल्दा त्यसबाट प्रभावित हुने क्षेत्रका जग्गाजमीन अधिग्रहण प्रक्रिया सुरु गर्नुपर्ने, एक वर्षभित्रमा स्थानीय ५ वटा सडकहरु निर्माण सम्पन्न गर्नुपर्ने, स्थानीय नदी नियन्त्रण, मन्दिर र सामुदायिक भवन निर्माण गर्नुपर्ने तथा वृक्षारोपण गर्नुपर्नेलगायतका बिषयहरुलाई समेटिएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App