१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सोबुवाखोलाको कालिदहमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सिमानामा पर्ने सबुवाखोलाको कालीदहमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमाका निमा शेर्पाका २० वर्षीय छोरा ङिमा शेर्पा रहेका छन्। शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको समेत प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App