५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

सरकारले आइतबार (हिजो) भएको तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ।

वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन्।

यो समितिले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गठन गरिएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिए।

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनामा विमानमा रहेका सबै २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App