४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा हावाहुरीसहित भिषण वर्षा

तस्बिर: उमेश पुन/नागरिक

पोखरामा सोमबार दिउँसो सवा दुई बजेदेखि हावाहुरीसहित पानी परेको छ। पोखरा एयरपोर्ट हावापानी शाखाका नायब मौसम विज्ञान सहायक सुमन लामिछानेको अनुसार आधा घण्टाकोबीचमा पोखरामा ३६.० मिलिलिटर पानी परेको रेकर्ड गरिएको छ। उनले छोटो समयमा पानी अत्याधिक परेको बताए।

सर्वसाधारण चुनावी मतपरिणामको पखाईमा छन्। तर भीषण हावाहुरीसहितको पानीले प्रभावित बनाएको छ। दिउँसो दुई बजेदेखि परेको पानीले बजार क्षेत्रमा पानीको भल बगेको छ। बर्खे पानी बग्ने ढलको सहज निकास नहुदाँ समस्या देखिएको छ।

बजार क्षेत्रमा ढल बनाईए पनि ढलको क्षमताभन्दा बढी हुदाँ पानी ढल बाहिरै निस्कन्छ। वर्षायामममा खासगरी पोखराको सृजना चोक, सभागृह चोक, पृथ्वी चोकमा माथिल्लो क्षेत्रबाट भलबाढी नै आउने गरेको छ। अहिले मौसम भने सफा भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App