६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदलीः वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू-भागमा आज बदली रहेको छ। गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भू-भागका केही र तराईका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार पहाडी भूभागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App