१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुलीमा बोलेर दुर्घटनाः तीनको मृत्यु, ७ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तीनपाटन गाउँपालिकाको वडा नं. ५ नक्कलेमा बोलेरो दुर्घटना हुँदा दुई जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बागमती प्रदेश ०१०२ च ०४५ नम्बरको बोलेरो दुर्घटनामा परि मृत्यु हुनेमा तीनपाटन गाउँपालिका वडा नं. ९ आम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थानका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र कनपा ७ बस्ने अन्जादी ३० वर्षीया रुपा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताए।

गाडीमा सवार अन्य ७ जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७९ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App