३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेतमा भूमिहीनलाई पुर्जा वितरण

सुर्खेतको भेरीगंगा र गुर्भाकोट नगरपालिकामा भूमि सम्वन्धी समस्या समाधान आयोगले भूमिहीनहरुलाई पुर्जा वितरण गरेको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने भन्दै सकारले गठन गरेको आयोगले सुर्खेतका उपलब्ध गराएको हो।

भूमि सम्वन्धी समस्या समाधान आयोगका केशव निरौंलाले शुक्रवार सुर्खेतमा आएका भूमिहीनहरुलाई लालपुर्जा वितरण गरेका हुन्। भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतले गुर्भाकोट नगरपालिकामा ३४ थान पुर्जा वितरणमा १२ महिला १८ पुरुष र नेपाल सरकारको ४ वटा रहेको छ। ६३ कित्ता वितरण गरिएको हो। जसमा क्षेत्रफल १ लाख ११ हजार ४ सय ६५ वर्गमिटर जग्गा उपलब्ध गराएको हो। पुर्जा वितरण गर्दा सरकारलाई ४ लाख ६० हजार ३ सय ९२ रुपैयाँ राजश्व जग्मा भएको थियो।

त्यस्तै भेरीगंगा नगरपालिकामा १ सय २ थान पुर्जा वितरण ३३ महिना, ६९ पुरुषले पुर्जा पाए। २ सय ३० कित्ता जग्गा वितरण गरिएको जनाईएको छ। ६ लाख १० हजार ५ सय ९८ क्षेत्रफल जग्गा भूमिहीनलाई उपलब्ध गराईएको भूमि आयोगले जनाएको छ। साविक कोटमाग खर्क अन्तर्गत भेरीगंगा र गुर्भाकोट नगरपालिकामा भूमिहीनहरुलाई जग्गा वितरण गरेको आयोगका सुर्खेत अध्यक्ष श्रीधर पौडेलले बताए।

आयोगले जग्गा पुर्जा वितरण गरेसंगै भूमिहीनहरुमा सुखीयाली छाएको छ। लामो समयदेखिको पुर्जा प्राप्तीको लडाई सकिएको भन्दै भूमिहीनहरुले सुखी साटेका हुन्। सुर्खेतका सवै तहहरुमा क्रमश पुर्जा वितरण गरिने आयोगका जिल्ला अध्यक्ष पौडेलले बताए। २०७७ वैशाखमा भूमि आयोग गठन भएको हो।

प्रकाशित: २५ चैत्र २०७८ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App