२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज (बिहीबार) जनकपुरधाम उपमहानरपालिका–१४ मुजेलिया स्थित खाद्य संस्थान अगाडी दुर्घटना भएको हो।

जनकपुरतर्फ आउँदै गरेको बा.८० च ९०९४ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–२–०३००१ ख ०५३२ नम्बरको स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।  

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–१ का ३५ वर्षीय मनोज लामिछाने रहेका छन्। दुर्घटनामा परी घाइते भएका लामिछानेलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाइएको छ।

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि अस्पातलमा राखिएको छ। ठक्कर दिएका बस चालक फरार भएका छन्। उनको खोजी भैइरहेको छ।

प्रकाशित: १७ चैत्र २०७८ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App