६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शनिबार देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। अन्य भेगको मौसम सामान्यतः सफा रहने छ।

शनिवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: ५ चैत्र २०७८ ०२:४६ शनिबार

मौसम पूर्वानुमान महाशाखा