३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नदीमा बेपत्ता चार जनाको खोजी हुँदै

नदीमा बेपत्ता भएका बालबालिकाको खोजी कार्य गर्दै सशस्त्र प्रहरी बलको विशेष टोली। तस्बिरः गोविन्द/नगरिक

नुहाउने क्रममा बेपत्ता भएका चार जनाको खोजी हुँदैछ। भेरी र कर्णाली नदीमा शनिबार नुहाउने क्रममा बेपत्ता भएका चार जनालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा खोजी कार्य भइरहेको हो।

तालिम प्राप्त प्रहरीले भेरी नदीमा सोमबार बिहानदेखि खोजी कार्य गरेका छन् भने कर्णालीमा आइतबार बिहानदेखि नै खोजी कार्य गरिरहेका हुन्। सशस्त्र प्रहरीका तालिम प्राप्त टोलीले बन्दोबस्ती उपकरण प्रयोग गरेर नदीभित्रै पुगेर खोजी कार्य गर्ने गर्दछन्।

त्यस्तै नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्यलाई तीव्रता दिएका छन्। विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली सुर्खेत आएर सोमबारबाट खोजी कार्य गरिरहेको सशस्त्र प्रहरी बलको सुर्खेतस्थित रक्तकालि गणका गणपती (एसपी) विमल डाँगीले बताए।

सशस्त्र प्रहरीको यो टोली विपद्का बेला नेपालभर पुगेर उद्धार तथा खोजी कार्य गर्ने गर्दछ। भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबारदेखि बेपत्ता हुने बालबालिकाहरुमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन्।

त्यस्तै शनिबार नै दैलेखको आठबीस नगरपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा भारत पश्चिम बङ्गाल घर भएका १८ वर्षका रविन्द्र मण्डल पनि बेपत्ता भएका छन्। माथिल्लो कर्णाली जलविद्यूत आयोजनामा रहेका सशस्त्र प्रहरी टोलीमा तालिम प्राप्त प्रहरीहरु आइतबारदेखि उद्धारमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रजित सुनारले बताए।

प्रकाशित: ३० फाल्गुन २०७८ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App