६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकले ठक्कर दिँदा एकको मृत्यु, चार जना घाइते

धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीया डिलमायाँ आलेमगरको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो।

प्रकाशित: २० फाल्गुन २०७८ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App