३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बालक अपहरणमा संलग्न भएको आरोपमा एक पक्राउ

बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको हो।

घटनाक्रम अनुसार दुई दिनअघि हरिनगर वडा नं. ६ को इसराइल कामतबाट सोही ठाउँका शिवचरण मेहताको छोरा १३ बर्से धिरजकुमार मेहतालाई अज्ञात मानिसले बलपूर्वक आफ्नो मोटरसाइकलमा चढाई अपहरण गरी लगेको प्रहरीलाई सूचना प्राप्त भयो। प्रहरीले सम्भावित एरियामा खोजतालस थाल्यो। जसमा हरिनगर वडा नं. १ रामनगर भुटाहा भित्री सडकखण्डमा मियाले भारतीय नम्बरको मोटरसाइकलमा चढाउन खोज्दै गरेको देखी तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बालकलाई उद्धार गरी सोधपुछ गर्दा खेल्दै गरेको अवस्थामा मियाँले को २६ प ४२२४ नं. को मोटरसाइकलमा आई जबरजस्ती मोटरसाइकलमा चढाई लाँदै गरेकोमा बालक मोटरसाइकलबाट भाग्न सफल भएका थिए। भागेर फेरि मियाले बालकलाई फेला परेर लान खोज्दा पक्राउ गरिएको हो।

मियाविरुद्द मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १७ अनुसार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुभाष भट्टराईले बताए। अपहरणको आरोपमा पक्राउ परेका मियाँ एक वर्षअघि चोरीको आरोपमा पक्राउ परेका थिए।  

प्रकाशित: १६ फाल्गुन २०७८ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App