१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी समक्ष आत्मसमर्पण गर्दै पल शाह

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन्। जबरजस्ती करणीको अभियोग लागेका शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुन लागेको जानकारी गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक १७ वर्षीय गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो। तर शाह फरारको सुचीमा रहेका थिए।

सामाजिक सञ्जालमार्फत शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’।

शाहले ती गायिकालाई फकाएर पटक पटक जबरजस्ती करणी गरेको अभियोग उनीमाथि छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App