४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सुरक्षित बस्ती स्थानान्तरणको पर्खाइमा याङरी र लार्केका पीडित

गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका सिन्धुपाल्चोक बरुवाका विस्थापित अझै पाल र टहरामै बस्न बाध्य छन्। चिसो मौसममा कठ्याङ्ग्रिदै दिन रात बिताएका उनीहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन्।बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल– २ बरुवाका बासिन्दा सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन्।

याङरी खोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरुको न कतै जग्गा छ नत बस्ने घर नै छ। जोखिमयुक्त उक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई छिटृै घर बनाउनु पर्ने आवश्यक भएकोे  पीडित  हरिबहादुर तामाङ बताउँछन्।

पुर्खौली थातथलो छोड्नुपर्ने चिन्तामा रहेका बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट पीडित उनीहरुले  अझैसम्म घर बनाएर बस्ने सुरक्षित ठाउँ पाउनसकेका छैनन्। जग्गा अभावकै कारण पीडितको सुरक्षित आवास निर्माण प्रक्रियासमेत अघि बढ्न नसकेको अर्का स्थानीयवासी पूर्ण थिङ बताउँछन्।  

स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस् काम भएको भने देखिदैन। बर्खायाम सुरु हुनु अगावै पीडितलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतिपूर्ण देखिए पनि पूरा गरेरै छोड्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताउँछन्। यसका लागि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ।

निकै विकट यस क्षेत्रमा प्रदेश र केन्दीय  सरकारको ध्यान नपुगेको वडाध्यक्ष पासाङ  लामाको गुनासो छ।  याङरी खोला थुनिएर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाउनाका साथै १३० घर उच्च जोखिम पुर्‍याएको छ। बर्खा अगावै आफूहरुलाई सुरक्षित स्थानमा आवाससहित स्थानान्तरण गर्नु स्थानीय सरकारको दायित्व रहेको पीडितहरू बताउँछन्। रासस

प्रकाशित: २० माघ २०७८ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App