१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ।

तिला गाउँपालिका ४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाहीलाई घरबाट पक्राउ गरेको हो। चालु आ.ब.२०७८/०७९ मा ज्यानमार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादी कलम शाही ज्यान मार्ने उद्योग मुद्दामा वारदात मिति देखी फरार रहेका  थिए।

प्रतिबादी शाहीलाई पक्राउ गरेरजिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिइ हिरासत कक्षामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App