४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्त्री सोडारीका छोरा पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीका छोरालाई कैलाली प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा २३ वर्षिय बबीलाई आइतबार बेलुकी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बबीले चलाएको गाडीले ठक्कर दिएका महिलाको मृत्यु भएकाले समातेको बताए। पुस २ गतेका दिन बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुरमा स्थानीय ९५ वर्षिया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिँदा घाइते भएकी थिइन्। घटना लगत्तै उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी बबीलाई छाडिएको र मृत्युको घटनापछि उनी सम्पर्कमा नआएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

ठक्कर दिए लगत्तै बबी काठमाडौं बस्दै आएका थिए। उपचाररत घाइते महिलाको गत पुस ११ गते मृत्यु भएको थियो। मृत्यपश्चात् उनी अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। आइतबार पक्राउ गरिएका बबीलाई जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा सात दिनको म्याद थपिएको उनले बताए।

प्रकाशित: १९ पुस २०७८ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App