१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दैलेख सदरमुकाममा एकतर्फी सवारी संचालनमा कडाई

एकतर्फी सवारी संचालन गरिएको दैलेख बजार। तस्विर: गोविन्द/नागरिक

दैलेख सदरमुकाममा सवारी साधनलाई एकतर्फी संचालन अवज्ञा हुन थालेपछि अहिले प्रहरीले कडाई गरेको छ। साँघुरो बजारमा दोहोरो गाडी हिँड्दा लामो जाम हुने र पैदल यात्रुलाई समेत मुस्किल हुन थालेपछि एकतर्फी सवारी साधान संचालनमा कडाई गरिएको हो।  

दैलेख सदरमुकामको बजार क्षेत्रका १० स्थानमा एकतर्फी, दुईतर्फी संचालन, प्रवेश निषेध, यात्रु चढाउने ओराल्ने लगायतका संकेत बोर्डहरु राखिएका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बोर्डहरु राख्ने कार्य गरिएको हो। 

बजारमा सवारीसाधन अव्यवस्थीत चलाउन र पार्किङ्ग गर्न थालेपछि प्रहरीको सक्रियतामा एकतर्फी संचालन गरिएको हो। त्यस्तै अटाेले मनपरी भाडा लिन थालेपछि सदरमुकामका १३ स्थानमा भाडादर देखिने गरि सूचना पार्टी समेत राखिएको छ। एकतर्फी र चढाउने, ओराल्ने स्थान निश्चित गरिएको छ अब कसैले पनि उल्लंघन गरे कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) भुवनेश्वर शाहले बताए।

हप्तादिन प्रहरीले यातायात व्यवसायीलाई एकतर्फी सवारी संचालन गर्न सचेत गराईसकेको र अटेर गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ। बजार क्षेत्रमा अव्यवस्थित बसहरु पार्किङ्ग हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसपार्क (काँडाचौर) मा अनिवार्य राख्नुपर्ने बनाएपछि प्रहरीले कडाई गरेको छ। बसपार्कमा बसहरु जान थालेका छन्।

नारायण नगरपालिका जिम्मेवार नहुँदा यसअघि सवारीसाधन मनपरि पार्किङ्ग र संचालन भईरहेका थिए।

प्रकाशित: ११ पुस २०७८ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App