६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनामा एक चिकित्सकको मृत्यु

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिकास्थित नेपाल आयल निगम नजिक ट्रकको ठक्करबाट एक जना चिकित्सकको मृत्यु भएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक चिकित्सकको मृत्यु भएको छ भने अर्का चिकित्सक घाइते भएका छन्।

बिहीबार राति मिनी ट्रकले विराटनगर–४ मा को १ ख ३२४४ नम्बरको मिनी ट्रकले प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का व्यक्ति घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्काले बताए।

धनुषाको जनकपुर–३ घर भई जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको खड्काले जनाकारी दिए। ट्रकले राति साढे ११ बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक पञ्जियार र पछाडि सवार अर्का चिकित्सक जनकपुर–३ घर भएका २८ वर्षीय रामप्रताप साह घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउन साथ पञ्जियारलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

साहको थप उपचार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भइरहेको छ। उनी नोबेलका कन्सलटेन्ट फिजिसियन हुन्।  

प्रहरीका अनुसार दुवै जना चिकित्सक नोबेल अस्पतालबाट मोटरसाइकलमा आफ्नो कोठातिर जाँदै गरेका बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक मोरङको बुढीगंगा गाउँपालिका–२ बगबोनमा लगेर लुकाएको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिइएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार दुर्घाटनापछि मोरङको ग्रामथान गाउँपालिका घर भई बुढीगंगा–५ मा बस्दै आएका ट्रक चालक ३८ वर्षीय प्रवीण माझी फरार भएको र खोजी भइरहेको छ।

प्रकाशित: ३ मंसिर २०७८ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App