१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो

काठमाडौँको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ। बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो।

स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ। ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगेपछि स्थानीय त्रसित बनेका छन्।

ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन्। भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।

बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ।

प्रकाशित: १ मंसिर २०७८ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App