४ वैशाख २०८१ मंगलबार
समाज

रौतहटको गरुडामा दुई बालकको शव राखेर प्रदर्शन

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शंकास्पद मृत्यु भएका दुई बालकको शव गरुडा चौक मै राखेर प्रदर्शन भैरहेको छ।

गौर-चन्द्रनिगाहपुरसंग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने गरुडा बजारमा शंकास्पद मृत्यु भएका दुबै बालकको शव राखेर सडक अवरुद्ध पार्दै प्रदर्शन भइरहेको छ। देवाहीगोनाही नपा ५ टिकुलियाका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको बिरगंज स्थित तराइ अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो।

बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।

शंकास्पद मृत्यु भएका दुबै बालकको शवलाई नारायणी अस्पताल बिरगंजमा पोस्टमार्टम गरिएको छ। रिपोर्ट आउन बाँकी छ। अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन्।

 

यो पनि पढ्नुहोस्

रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु

 

प्रकाशित: २९ कार्तिक २०७८ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App