५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

शंखधर पार्कको उद्घाटन

मध्यपुर थिमि नगरपालिकामा शंखधर पार्क बनेको छ। मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा  शंखधर चोकमा निर्मित शंखधर पार्कको उद्घाटन आइतवार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले उद्घाटन गरे।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ।  १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रुपैयाँ सहयोग गरेकोे छ।

पार्कमा नेवारी समुदाय र काठमाडौँ उपत्यकाको वास्तु शिल्प र कलालाई देखाइएको छ। उपत्यकाको मौलिक शैलीमा निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले बताएको छ। मध्यपुर थिमि नगरपालिकाले एतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई संरक्षण र पुननिर्माण गर्न योजना बनाएर नै काम गरिरहेको छ।

प्रकाशित: २८ कार्तिक २०७८ १५:३१ आइतबार

शंखधर उद्यान