५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान घोषणा

वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ।

प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना छन् भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ रहेका छन्। प्रतिष्ठानको उपाध्याक्षमा डा. चुन्दा बज्राचार्य, महासचिवमा डा. ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहेका छन्।  

धर उद्यान (पुरानो रत्नपार्क)भित्र काठमाडौंँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो।  

उक्त घोषणासभालाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताए। काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि उनले बताए।

प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व. तुलाधरले राखेको दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताए।

प्रकाशित: १७ कार्तिक २०७८ ०९:१४ बुधबार

पुरानो रत्नपार्क पद्मरत्न तुलाधर