२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रेडपाण्डा ओसार पोसार मुद्दाका फरार व्यक्ति पक्राउ

वन्यजन्तु रेडपाण्डा ओसार पाेसार मुद्दामा अदालतबाट सजाय तोकिएर पनि फरार रहेका व्यक्ति पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका वडा नम्बर ६ बाँकेका ४२ वर्षका नरबहादुर ओली आइतबार बिहान पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ओलीलाई बाँके जिल्ला अदालतले २०७७ असोज २ गते ५ वर्ष ५ महिना १४ दिन कैद सजाय सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँके प्रहरी प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेका ओलीलाई आइतबार नै बाँके जिल्ला अदालत समक्ष बुझाइएको छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App