५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

थप ७ सय ७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरि सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन्। जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा रहेका छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा छन्।

प्रकाशित: ८ कार्तिक २०७८ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App