१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

एक सातादेखि सदरमुकाममा खानेपानी अभाव

बेमौसमी वर्षाले खानेपानीको पाइप बगाउँदा बैतडी सदरमुकाममा एक सातादेखि खानेपानीको अभाव भएको छ।

दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहीलेक क्षेत्रमा खानेपानी आपूर्ति नहुँदा काकाकुल भएको हो। सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजारभन्दा बढी उपभोक्ता समस्यामा परेका छन्। खानेपानीको अभावमा होटल, रेष्टुरेन्ट लगायत बन्द गर्नेुपर्ने अवस्था आएको व्यवसायी बताउँछन्।

सदरमुकामबाट झण्डै ६ किलोमिटरको दूरीमा रहेको दशरथचन्द नगरपालिका–९ घट्टीगाड मूहान पहिरोले पुरेको छ। बाढीले पाइप बगाएकाले खानेपानीको समस्या भएको स्थानीय हरिश चन्दले बताए। खानेपानी आयोजना मर्मतको काम भइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए।

प्रकाशित: ८ कार्तिक २०७८ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App