१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंको टिका लगाउन हिँडेका श्रीमानको मृत्यु, मृत्युको खबर सुनेपछि श्रीमतीको पनि निधन

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा दसैंको टिका लगाउन धरान जाँदै गर्दा बैरे खोलाले बगाएर श्रीमानको मृत्यु भएको खबर सुनेपछि पीडा सहन नसकी श्रीमतीको पनि निधन भएको छ।

सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा  कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृत अवस्थामा फेला परेका थिए। फेला परेका राईको शव धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्येष्टी गरेका छन्।

राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए। श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App