३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

फाइल तस्बिर

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो।

दशैं– तिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार दुई बोरा चामल, दुई किलो नुन, दुई लिटर तेल, चार पोका मस्यौरा, दुई किलो दाल, दुई किलो केराउ लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो। कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको हो।

सो अवसरमा पर्यटन व्यवसायी रामकुमार अर्याल, चेपाङ अभियानकर्मी केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इञ्जिनीयर आनन्दराम थापा, विष्णुप्रसाद अर्याल, गोपाल अधिकारीलगायतको सहभागिता थियो। यस क्षेत्रका चेपाङ समुदायलाई आफ्नो उत्पादनले छ महिना खान पनि धौधौ हुने गरेको छ।

प्रकाशित: १६ आश्विन २०७८ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App