४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी

प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी गरिएको छ।  

बालअधिकार परिषद्ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यशालामा प्रदेश १ का बालअधिकार परिषद् समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणाको तयारी भइरहेको जानकारी दिएका हुन्।  

उनले प्रदेश १ का १ सय ५ जना सडक बालबालिका मध्ये ९९ बालबालिकाको उद्धार तथा व्यवस्थापन भइसकेको बताए। हाल धरानमा मात्रै केही बालबालिका सडकमा रहेका छन्। धरानका सडक बालबालिकाको पनि उद्धार र व्यवस्थापन गर्ने तयारी भइरहेको अधिकारीले बताए। उनले प्रदेश १ को धरान बाहेक अन्य सबै जिल्ला सडक बालबालिकामुक्त भइसकेको र चाँडै प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश घोषणा गरिने बताए।  

प्रदेश १ मा बालबालिकाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले प्रदेश १ मा बालिबालिकाको क्षेत्रमा वार्षिक करिब साढे ३७ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको र त्यो बजेट निक्कै कम भएको बताए। प्रदेश १ मा ६१ प्रतिशत बालबालिकाको मात्रै जन्मदर्ता हुने गरेको छ। बालविवाह र बालश्रमिकको अवस्था भने जटिल रहेको अधिकारीले स्पष्ट पारे।

प्रकाशित: ११ आश्विन २०७८ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App