१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर पोखरामा पाँचजनाको ज्यान गयो, एक बेपत्ता

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन । अरु पाँचजना घाईते भएको कास्की प्रहरीले बताएको छ ।  

प्रहरीका अनुसार पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षिय कृष्ण श्रेष्ठ, उनकी श्रीमति ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षिय छोरा राजकुमार घाइते भएको हमालले बताए । हमालका अनुसार सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  

त्यस्तै पोखरा–२० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षिया विष्णु सार्की  र उनका ८ वर्षका छोरा सन्तोष सार्कीको पनि मृत्य भएको हमालले बताए । उनीहरुको शव मध्यान्हमा निकालिएको छ । ‘उद्धार कार्य अहिले पनि जारी छ,’ उनले भने, ‘खोजीका लागि स्थानीयबासी र सुरक्षाकर्मी खटिएका छन् ।’  

त्यस्तै पोखरा–११ नमूनाटोलस्थित घर पहिरोमा पुरिँदा ४२ वर्षिय लक्ष्मण सार्कीको मृत्यु भएको पनि डिएसपी हमालले बताए । उनकी १४ वर्षिया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन । त्यस्तै पोखरा–११ बसेरीमा पनि पहिरोमा परेर तीनजना घाईते भएको हमालले बताए । ‘भीषण वर्षाले पहिरो निम्त्याउँदा मानवीय क्षति भएको छ,’ उनले भने । बुधबार बेलुकी परेको भीषण वर्षापछि पोखरा आसपासका क्षेत्रमा पहिरो निम्त्एिको थियो । त्यही पहिरोले घर पुरिँदा उनीहरुको ज्यान गएको प्रहरीले बताएको छ । 

प्रकाशित: १७ भाद्र २०७८ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App