५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र

लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ।

चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका कारण १२ घन्टादेखि बाजुराको आटिचौर गाउँपालिका वडा नम्बर ७ दानिगाउका ६७ वर्षका मानसिंह खड्काको शव गए रातीदेखि अलपत्र परेको हो।

गएराती ९ बजे पुगे पनि पहिरोले सडक अवरुद्ध हुँदा बुवाको शव घरमा पुर्‍याउन नसकिएको छोरा सुरेन्द्र खड्काले जानकारी दिए। चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछि साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।

प्रकाशित: १२ भाद्र २०७८ ०९:५८ शनिबार

पहिरोले सडक अवरुद्ध