४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकल दुर्घटना हुँदा युवकको निधन

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। शनिबार साँझ सवा ६ बजे गाईघाटदेखि मोतिगडातर्फ जाने क्रममा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लच्कामा दुर्घटना हुँदा गम्भीर घाईते भएका शान्तिराम राईको उपचारको क्रममा राति नै ज्यान गएको हो।  

प्रहरीका अनुसार प्रदेश १–०५ –००१ प ३७१४ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। ३२ वर्षीय राईको उद्धार गरी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।  

मृतकको शव अस्पतालमै पोष्टमार्टमको लागि राखिएको छ भने घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। 

प्रकाशित: ६ भाद्र २०७८ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App