२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले पुरिँदा मजदुरको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ। पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माण गरिरहेका पाणिनी–६, लामडाडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।  

घर निर्माणको काम गरिरहेका सुनार माथीबाट एक्कासी पहिरो आएपछि पुरिएका हुन्। प्रहरी, स्थानीयवासीले जेसिबी प्रयोग गरेर शुक्रबार राती ९ बजे (पुरिएको करिब दुई घण्टापछि) सुनारको शव फेला पारेका थिए।  

शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७८ ०४:०५ शनिबार