२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित दुई जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार वीरेन्द्रनगर–१ का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२ भुरेलीका मनबहादुर बुढालाई पक्राउ गरिएको हो।

‘थापाले चलाएको भे७प ५५७५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा दुई पुडिया ब्राउनसुगर फेला प¥यो,’ उनले भने, ‘संका लागेर घर खानतलासी गर्दा थप ब्राउनसुगर बरामद गर्न सफल भयौं।’ बयानका क्रममा थापाले ब्राउनसुगर आफ्नो नभई बुढाले राख्न दिएको बताएका थिए। ‘थापाको बयानका आधारमा बुढालाई पक्राउ गरेका छौं,’ एसपी विष्टले भने, ‘दुबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।’

पछिल्लो समय प्रहरी लागूऔषध र घरेलु मदिरा नियन्त्रणमा सक्रियतापूर्वक लागेको छ। एसपी विष्टका अनुसार १५ दिनको अवधिमा थप २२ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। यो अवधिमा २२० ग्राम गाँजा पनि बरामद गरिएको उनले बताए। ‘सुर्खेतमा हुने जति पनि अपराधिक घटनाहरु छन्, त्यसको पछाडि लागूऔषध र मदिरा मुख्य कारण हो,’ उनले भने, ‘त्यसैले मदिरा र लागूऔषध नियन्त्रण प्रहरीको मुख्य दायित्व हो।’ प्रहरीले पछिल्लो १५ दिनयता प्हरीले नौ हजार १६२ लिटर तयारी मदिरा  १६ हजार १८ लिटर कच्चा पदार्थ बरामद गरेको छ।  

‘मदिरा र लागूऔषधलाई अपराधको उद्गम विन्दू मानेर नियन्त्रण अभियान चलाइराखेका छौं,’ उनले भने, ‘प्रहरीसम्म आउने अपराधिक घटना मध्ये ८० देखि ९० प्रतिशत मदिरा र लागूऔषधका कारण हुने गरेका छन्।’ उनले प्रदेश राजधानी भएकाले सुर्खेत लागूऔषधको जोखिममा रहेको बताए।  एसपी विष्टले अदालतको फैसला कार्यान्वयनमा पनि आफूहरुले ध्यान दिएको बताए। 

उनले आफू आएको १५ दिनको अवधिमा अदालतले कैद तथा जरिवानाको फैसला गरेका २२ जनालाई पक्राउ गरिएको बताए। ‘यिनीहरुबाट २२ वर्ष आठ महिना २८ दिन कैद असुल हुन बाँकी छ,’ उनले भने, ‘यो अवधिमा ५९ हजार एक सय रुपैयाँ जरिवाना पनि असुल भएको छ।’ यस्तै भन्सार छलेर ल्याइएका सुर्ती, चिनी, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानहरु पनि बरामद गरिएको उनले जानकारी दिए। ‘भन्साल छलेर सुर्खेत प्रवेश गराउन खोजिएका ५० लाख बढीका सामाग्रीहरु हामीले यो अवधिका पक्राउ गरेर सम्वन्धीत निकायलाई पठाएका छौं,’ एसपी विष्टले भने।

प्रकाशित: १८ श्रावण २०७८ ०९:४२ सोमबार

दुई जना पक्राउ ब्राउनसुगरसहित