२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्कविहीन

बेपत्ता बनेका बुईपाका धनकुमार राई । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बिचगाउँका धनकुमार राई सम्पर्कविहीन भएका छन्। ४३ वर्षीय राई गत साउन १० गतेदेखि सम्पर्कविहीन बनेका हुन्। बेपत्ता बनेका धनकुमारलाई गाउँघरमा सोधखोज गर्दा फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई हुलिया दिइसकेका छन्।  

घरबाट जानकारी नदिइ निस्केकाले बेपत्ता राईको खोजीमा समस्या भइरहेको आफन्त नाकिमा नाकिमले जानकारी दिएका छन्। बेपत्ता राईलाई देख्ने वा भेट्ने जो कोहीलाई मोबाईल नम्बर ९८०३१२६५८४, ९८४५३६०८३८ र ९८६०५६६१०४ मा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरिएको छ।  

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार लुम्बुरछाङका ४४ वर्षीय प्रेमसुन्दर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३० वर्षीय विसन कट्वाल समेत बेपत्ता छन्। प्रेमसुन्दर गत वैशाख २१ गतेदेखि र कट्वाल २०७६ फागुन ३ गतेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्।

प्रकाशित: १६ श्रावण २०७८ १५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App