२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बाल यौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा इटहरीका एक जना पुरुष सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी वडा नं. ४ का ३८ वर्षे किसनकुमार उदास छन्। उनले इटहरी वडा नं. २० की ९ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको उजुरी परेका आधारमा प्रहरीले पक्राउ गरेको हो।  

यौन दुरुपयोग गरेकी बालिकाकी ३३ वर्षीया आमालाई उदासले वैशाखमा विवाह गरेका थिए। बालिकाका आमा विवाह गर्नुअघि र विवाहपछि पनि नौं वर्षीया बालिकालाई संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेको उजुरी परेका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनायो।

बालिकाका बुबा सशस्त्र प्रहरीमा जागिरे हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकाकी आमा र किसनकुमारबीच केही वर्षदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएकोले वैशाखमा पहिलाका पतिलाई छाडेर विवाह गरेकी हुन्। विवाह गर्नुअघि किसनकुमारसँग दिनहुँ भेटघाट गर्न सहज हुने गरि छोरीलाईं इटहरीकै एक निजी शिक्षालयमा भर्ना गरेकी र छोरीलाई साथै लिएर किसनको घरमा जाने गर्थिन्। त्यो बेला पनि किसनले ती बालिकालाई संवेदनशील अंगमा छुने र किसनसँगको विवाह पश्चात पनि बेला बेलामा छोरीलाई भेट गर्न आउँजाउँ गर्दा पनि किसनको घरमै लगेर यौन दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। किसनलाई सोमबार नै जिल्ला अदालत सुनसरीमा बाल यौन दुरुपयोगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ।  

यसैगरी, सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती गरेको आरोपमा झापा घर भई सुनसरी दुहबीमै बस्दै आएका प्रहरी जवान शेखर चौधरी पक्राउ परेका हुन्। उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहवीले पुष्टि गरेको छ।

बालिकाका अभिभावकले प्रहरी जवान चौधरीले जबर्जस्ती करणी गरेको उजुरी दिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका चौधरीविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ।  

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जबर्जस्ती करणीका घटना बढ्दो छ।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका तथा महिलामाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई नै जबर्जस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाईफकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्।

प्रकाशित: ४ श्रावण २०७८ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App