६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गरिब परिवारलाई पौष्टिक खाना

विराटनगर महानगरपालिका–१९ का गरिब तथा विपिन्न परिवारलाई ३ महिनासम्म पौष्टिक खाना खुवाउने कार्यक्रम सुरु गरिएको छ।

युनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास संघले संयुक्त रुपमा विराटनगर–१९ स्थित सिसवनी टोलका मुसहर बस्तीमा खाना खुवाउन थालेको हो। दैनिक रोजगारी उपलब्ध नभएका, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्बासी परिवारका २ सय ५० जनाले भोको पेट बस्नु नपरोस् भन्नका लागि पौष्टिक खाना खुवाउने कार्य थालेको जनाएको छ।  

३ महिनासम्म त्यस मुसहर बस्तीमा बिहानको खाना खुवाउने कार्यक्रम रहेको माइती नेपाल मोरङका प्रमुख विनो पोखरेलले जानकारी दिए। ३ महिनासम्म २२ हजार ५ सय जनाले पौष्टिक खाना खाने र त्यसका लागि ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ।

प्रकाशित: ४ श्रावण २०७८ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App