१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्रको बिओपीमा आगजनी

आगजनी भैरहेको भवन।

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ। सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै रहेको छ।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ।  

आज बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन्। उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए। उनले आगो नियन्त्रणको प्रयास भैरहेकाले त्यसतर्फ सोधपुछ हुन बाँकी रहेको बताए।  

प्रकाशित: ३१ असार २०७८ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App