५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय समकक्षीसँग रौतहटका प्रजिअको बैठक सम्पन्न

रौतहटका प्रमुज जिल्ला अधिकारी इन्द्रदेव यादवले छिमेकी भारतीय जिल्ला सीतामढीको सदरमुकाम सीतामढी समाहरणनालयमा सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न गरेका छन्। बैठकमा दुई जिल्लाका सुरक्षा सम्बद्ध प्रमुखहरुो सहभागिता रहेको थियो। बैठकमा द्विपक्षीय सुरक्षा सम्बद्ध विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने सम्बन्धी अनौपचारिक छलफल भएको रौतहटका प्रजिअ यादवले जानकारी गराएका छन्।

सीमा सम्बद्ध समसामयिक सवालहरु अपराधी भागेर लुक्ने, अवैध ओसार पसार, तस्करी, लागूऔषध, मदिरालगायतकालाई नियन्त्रण गर्नुपर्ने विषयमा विस्तृत छलफल भएको छ। यसैगरि, गौर नगरपालिका ४ स्थित टिकुलियानजिक बकैया नदीको पूर्वी बाँधको दशगजा क्षेत्रमा मर्मत गर्न सहयोग गरेकोमा प्रजिअ यादवले धन्यवाद गर्दै भारतीय बाँधमा रहेको सुलिस गेट, पानीको प्राकृतिक बहावको लागि आवश्यकता अनुसार परिचालन गर्ने विषयमा पनि छलफल भएको प्रजिअ यादवले जानकारी गराएका छन्।  

कोभिड १९ को दोस्रो लहरमा नेपाल र भारतका सीमावर्ती नागरिकहरुको आवतजावत प्रभावित भएको सन्दर्भलाई सम्बोधन गर्न दुवैतिरका स्थानीयवासीको माग आवागमन सुचारु हुनुपर्ने मागलाई पनि दुई पक्षीय अनौपचारिक वार्तामा छलफल भएको छ। गौर–बैरगनिया नाकाबाट आवागमनलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्ने र आवश्यकतानुसार द्विपक्षीय रुपमा निरन्तर सम्पर्कमा रहने गरी सकारात्मक छलफल भएको प्रजिअ यादवले जानकारी गराएका छन्।

प्रकाशित: २७ असार २०७८ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App