१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रेण्डपाण्डाको छालासहित बाँकेमा तीनजना पक्राउ

संरक्षित वन्यजन्तु रेडपाण्डा (हाब्रे) को छाला र भालुका पित्तसहित प्रहरीले नेपालगन्जबाट तीनजनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१, पुष्पलाल चोक नजिकै एक होटेलबाट उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

दाङस्थित घोराही उपमहानगरपालिका–४, का ४९ वर्षीय भक्तबहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१, का २९ वर्षीय रोविन बुढा पक्राउ परेको प्रहरीले जनाएको छ।  

संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूका साथमा संरक्षित हाब्रेको छाला एक थान, भालुको पित्त जस्तो देखिने वस्तु चारवटा फेला पारी बरामद गरिएको छ। 

उनीहरुलाई वन ऐन, २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ।

प्रकाशित: २७ असार २०७८ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App